काठमाडौं : अस्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक(एक गोल गरे । अर्जेन्टिनाको एन्जो फेर्नान्डेजले आत्माघाति गोल गरेका थिए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
करियरको एक हजार खेल खेलेका मेसीले ३५औं मिनेटमा गोल गरेका थिए । बक्स भित्र ओटामेन्डीले मिलाएको बललाई मेसीले सहज गोल गरे । यस गोलसँगै मेसीले नकआउट चरणमा पहिलो गोलगर्न सफल रहे । मेसीले देशका लागि एक सय १९औं खेल खेलेका थिए । यससँगै फिफा विश्वकपमा मेसीको गोलसख्या नौं पुुगेको छ ।
दोस्रो हाफमा दुई पटकको च्याम्पियन अर्जेन्टिनाले दोस्रो अग्रता बनायो । अल्भारेजले ५७औं मिनेटमा बक्सभित्रबाट सहज गोल गरे । अस्ट्रेलियाको गोलरक्षक म्याट रायनले गरेको गल्ती फाइदा उठाउँदै जुलियन अल्भारेजले २–० को अग्रता दिलाएका हुन् ।
खेलको ७७औं मिनेटमा अस्ट्रेलियाले दूरी घटायो । वैकल्पिक खेलाडी क्राइग गुडविनको प्रहार अर्जेन्टिनी डिफेन्डर एन्जो फर्नान्डेजलाई लाग्दै जाली चुमेको थियो । खेलको दोस्रो हाफमा अजिज बेहिचले दोस्रो गोल गर्ने अवसर गुमाएका थिए । उनको प्रहार बक्सभित्रबाट अर्जेन्टिनाको लिसान्द्रो मार्टिनेजले क्लियर गरेका थिए ।
अब, अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ । राति नै सम्पन्न खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्