नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश

होस्ट खबर १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले हरायो ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गरे । अमेरिका हाजी राइटले सान्त्वना गोल फर्काए । नेदरल्यान्ड्सले पहिलो हाफमै दुई गोल गरेको थियो । बल पोसेसनमा अब्बल देखिएको अमेरिकाले गोल गर्न भने सकेन ।

डिपाएले १०औं मिनेटमा डेन्जेल डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।

७६औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । उनले क्रिस्टियन पुलिसिसको पासमा गोल गरेका थिए । त्यसपछि ८१औं मिनेटमा डम्फ्रिजले डेली ब्लिन्डको पासमा उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम आठमा प्रवेश गराए।

समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array