काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । जारी विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।
यस्तै समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्ने छन् । यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच नकआउट चरणमा प्रतिस्पर्धा हुनेछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्