काठमाडौ : कतार विश्वकपमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई इन्जुरी समयमा गोल गर्दै पराजित गरेपछि दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको छ । हारका वावजुद पोर्चुगल भने समूह विजेताकै रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
खेलको चौथो मिनेटमै रिकार्डोको गोलमा पोर्चुगलले खेलमा अग्रता लिएको थियो । तर खेलको २६ औं मिनेटमा किम योङ-ग्वाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
९० मिनेट सम्म बराबरीमा गएको खेलमा इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै कोरियाले खेलमा अग्रता लिएको थियो । युरोपेली लिग खेल्ने सन ले दिएको पासमा ह्वाङ ही९चेन ले गोल गर्दै कोरियाको जित पक्का गरेका थिए ।
एशियाबाट यस अघि जापान पनि अन्तिम १६ मा प्रवेश गरिसकेको छ । लगातार २ खेल जित्दै यस अघि नै नकआउटमा प्रवेश गरिसकेको पोर्चुगल समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग २९१ पराजित भएको छ ।
२ जित र १ हार पछि ६ अंक जोडेको पोर्चुगल समूह विजेता बन्यो भने १ जित र १ बराबरी नतिजा निकालेको उरुग्वे र दक्षिण कोरियाले समान ४ अंक जोडे । उरुग्वेलाई गोल अन्तरमा पछि पार्दै दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको हो ।
यो समूहमा पोर्चुगललाई पराजित हुँदा पनि समूह विजेता भएर खुसी मिल्यो भने उरुग्वेले घानालाई २-० गोल अन्तरले पराजित गर्दा पनि समूह चरणबाटै बाहिरिनु पर्यो । उरुग्वेलाई अन्तिम खेल जित्नुको कुनै अर्थ भएन ।
अफ्रिकी टोली घाना अन्तिम खेलमा उरुग्वेसँग २-० ले पराजित भएपछि उ पनि समूह चरणबाटै बाहिरिएको छ ।
पोर्चुगलले ब्राजिल सम्मिलित समूहको उपविजेतासँग र दक्षिण कोरियाले विजेतासँग अन्तिम ८ मा स्थान बनाउन प्रतिस्पर्धा गर्ने छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्