काठमाडौं : जापान र स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २(१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो। जापानसँग हारेको स्पेनले पनि अन्तिम १६ मा स्थान बनाएको छ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे। स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए।
खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए। त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २९१ को जित दिलाए।
जितसँगै जापान समूह (ई) को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो। जापानले ३ खेलमा ६ अंक जोड्यो। पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो। स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
उपाधी दाबेदार मानिएको जर्मनी विश्वकप समूह चरणबाटै बाहिरिएको छ। अल बायत स्टेडियममा बिहीबार राति कोस्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो।
रोमान्चक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको बराबरीमा ल्याए।
७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए। खेलको ७३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा ल्याए।
खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-२ को अग्रता दिलाए।त्यसपछि खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४-२ को जित दिलाए।
जितका बाबजुत समूह (ई) मा जर्मनी तेस्रो स्थानमा रह्यो। र, प्रतियोगिताबाट बाहिरिएको छ। जर्म्मानी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएको हो। जर्मनीले ३ खेलमा ४ अंक जोड्यो।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्