काठमाडौं : कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एकरएक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् ।
समूह बीमा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुईरदुई वटा खेल खेलिसकेका छन् । अहिलेसम्म इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अङ्क बनाएको छ ।
त्यस्तै इरानले इंग्ल्याण्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अङ्क बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी गरी २ अङ्क बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अङ्क मात्र बनाएको छ ।
अब यही मङ्सिर १४ गते बुधबार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राति १२ः४५ मा हुनेछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्