रियल म्याड्रिडले काडिजलाई गर्यो पराजीत

होस्ट खबर २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

एजेन्सी : स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराति भएको खेलमा म्याड्रिडले काडिजलाई २-१ गोलले पराजीत गरेको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन इडर मिलिटाओ र टोनी क्रुसले एक/एक गोल गरे । काडिजको लागि लुकास पेरेजले एक गोल फर्काए । खेलको ४० औं मिनेटमा क्रुसको पासमा मिलिटाओले हेडर गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा क्रुसले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ८१ औं मिनेटमा परेजले गोल गर्दै काडिजलाई २-१ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भयो ।

जीतसँगै म्याड्रिड १४ खेलबाट ३५ अंकको साथ लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ११ अंक जोडेको काडिज पुछारबाट दोस्रो स्थानमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array