फ्रान्सको विश्वकप टोली घोषणा

होस्ट खबर २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

एजेन्सी : चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारानलाई समेट्दै साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ ।

दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोट बोकेपछि भारान रुँदै मैदान छाडेका थिए । उनले चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले उनलाई अन्तिम टोलीमा समावेश गरेका छन् । प्रशिक्षक डेस्च्याम्प्सले २६ खेलाडी बोलाउन पाउने भएपनि आफ्नो टोलीमा २५ खेलाडीको नाम मात्र सार्वजनिक गरेका छन् ।

मिडफिल्डरद्वय पप्ल पोग्बा र एनगोलो कान्टे चोटका कारण टोलीमा छैनन् । फरवार्ड एन्थोनी मार्सियल पनि अन्तिम टोलीमा अटाउन सकेनन् । डिफेन्डर विलियम सालिबा र इब्राहिमा कोनाटे भने अन्तिम टोलीमा अटेका छन् ।

फ्रान्सको अन्तिम टोली :

गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

फरवार्ड : करीम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलीयन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्