चेल्सीलाई हराउँदै सिटी लिग कपको चौथो चरणमा

होस्ट खबर २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : म्यानचेस्टर सिटी लिग कप ९काराबाओ कप० फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको तेस्रो चरणको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महारेजले ५३औ र गुलियन अल्भारेजले ५८औं मिनेटमा गोल गरे ।

पराजित चेल्सी लिग कपबाट बाहिरिएको छ । लिग कपकै अन्य खेलमा लिभरपुलले डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर चौथो चरणमा स्थान बनाएको छ ।

उता प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल भने ब्राइटनसँग ३-१ ले पराजित हुँदै लिग कपबाट बाहिरिएको छ । आर्सनलले पहिले अग्रता लिएपनि जोगाउन सकेन ।

प्रिमियर लिग क्लबहरु न्युकासल, साउथह्याम्पटन, नटिङहम फरेस्ट र वल्भस पनि जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array