ईन्जरीका कारण विश्वकप गुमाउने यी चर्चित खेलाडी

होस्ट खबर १९ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

एजेन्सी : फिफा विश्वकप सुरु हुन अब केही दिन मात्रा बाँकी छ । विश्वकप नजाकिँदै गर्दा केही राष्ट्रलाई भने आफ्नो खेलाडीको चोटले सताउन थालेको छ ।

विश्व फुटबलमा नाम चलेका केही खेलाडीले विश्वकप गुमाउने पक्का भइसकेको छ भने केही खेलाडीले खेल्ने नखेल्ने कुनै निश्चित भएको छैन । केही यस्ता अभागी खेलाडी जसले आफ्नो देश छनोट भएर पनि चोटका कारण विश्वकप गुमाउने भएका छन् ।

एनगोलो कान्टे
फ्रान्सका डिफेन्सिभ मिडफिल्डर एनगोलो कान्टेले विश्वकप गुमाउने भएका छन् । उनले ह्यामस्ट्रिङको समस्याका कारण विश्वकप गुमाउने पक्का भएको हो ।

इंग्लिस क्लब चेल्सीबाट व्यवसायिक फुटबल खेल्ने उनको भर्खर शल्यक्रिया गरिएको छ । कान्टे कम्तिमा पनि चार महिना मैदान बाहिर रहने बताइएको छ ।

डिएगो जोटा
पोर्चुगलका फरवार्ड डिएगो जोटाले तिध्राको चोटका कारण विश्वकप गुमाउने भएका छन् । इंग्लिस क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने उनी म्याचेस्टर सिटिविरुद्धको खेलमा घाइते हुन पुगेका थिए ।

पउल पोग्बा
फ्रेन्च मिडफिल्ड पोग्बा घुँडाको चोटका कारण कतार नजाने पक्का भएको हो । घुँडाको शल्यक्रियापछि फिल्डमा फर्कने प्रयासमा रहेका उनी नयाँ चोट थपिएपछि लामो समय देखि मैदान बाहिर छन् ।

इटालियन क्लब युभेन्टसमा अनुबन्धित भए पनि चोटका कारण उनले यो सिजन खेल्न पाएका छैनन् ।

रोनाल्ड अराउजो
उरुग्वेका डिफेन्डर रोनाल्ड अराउजोले पनि तिध्राको चोटका कारण विश्वकप गुमाउने भएका छन् । भर्खर चोटको शल्क्रिया गरिएका कारण स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने उनी कम्तीमा पनि दुई देखि तीन महिना मैदानबाहिर रहने भएका हुन् ।

पाउलो डिवाला
अर्जेन्टिनी फरवार्ड पाउलो डिवालाले तिध्राको चोटका कारण विश्वकप गुमाउने भएका हुन् । इटालियन क्लब रोमाका लागि लिसविरुद्ध व्यवसायिक फुटबल खेल्ने क्रममा उनी घाइते हुन पुगेका थिए ।

टिमो वेर्नर
जर्मन फरवार्ड टिमो वेर्नरले खुट्टाको चोटका कारण विश्वकप खेल्न नपाउने भएका हुन् । जर्मन क्लब लाइप्जिङका लागि शाख्तर डोनेक्ट्सविरुद्ध खेल्दा उनलाई चोट लाग्न पुगेको थियो । उनी कम्तीमा पनि एक देखि दुई महिना मैदान बाहिर रहने बताइएको छ ।

यी बाहेक नेदरल्याण्डका जर्जिनियो विज्नाल्डम, पोचुर्गलका पोड्रो नाटो, पेपे र रिकार्डो परेरा, ब्राजिलका आर्थर मेलो लगायतका खेलाडीले पनि चोटका कारण कतारमा हुने फिफा विश्वकप खेल्न नपाउने भएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्