टि-२० विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित

होस्ट खबर १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ : आईसीसी टि-२० विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा भारतले बंगलादेशलाई डकवर्थ लेविस मेथडअनुसार ५ रनले पराजित गरेको हो । एडिलेड ओभलमा भएको खेलमा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ६४ रन बनाए भने केएल राहुलले ५० रन जोडे । खेलमा बंगलादेशका हसन महमुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको बंगलादेशको इनिङ वर्षाका कारण प्रभावित भएको थियो । सातौँ ओभरमा बंगलादेश कुनै विकेट नगुमाई ६६ रन बनाएर खेलिरहेका बेला वर्षा बाधक बन्न पुगेको थियो । वर्षाले केही समय खेल प्रभावित बनाएपछि डकवर्थ लेविस मेथडअनुसार बंगलादेशलाई १६ ओभरमा १५१ रनको लक्ष्य दिइएको थियो ।

तर बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर केबल १४५ रनमात्र बनाउन सक्यो । बंगलादेशका लिटन दासले सर्वाधिक ६० रन बनाए भने नुरुल हसनले २५ रन जोडे । भारतका हार्दिक पाण्ड्या र अर्शदीप सिंहले समान २ विकेट लिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array