लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनको रोमाञ्चक जित

होस्ट खबर १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

एजेन्सी : स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले जित हात पारेको छ । उसले घरेलु टोली भ्यालेन्सियाविरुद्ध १–० को कठिन जित हात पारेको हो ।

मेस्टाला स्टेडियममा थप गरिएको समयमा रोबर्ट लेवान्डोस्कीले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो ।

उनले राफिन्हाको पासलाई सदुपयोग गरेका थिए । जितसँगै १२ खेलमा ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिँदा पराजित भ्यालेन्सिया समान खेलबाट १५ अंकका साथ १० औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा अल्मेरियाले सेल्टा भिगोलाई ३–१, कार्डिजले एथलेटिको मड्रिडलाई ३–२ तथा रायो भ्यालेकानोले सेभियालाई १–० ले पराजित गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array