साकाको निर्णायक गोलमा आर्सनलको कठिन जित

होस्ट खबर ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

एजेन्सी : इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा आर्सनलले जित निकालेको छ । उसले घरेलु टोली लिड्स युनाइटेडविरुद्ध १-० को कठिन जित निकालेको हो ।

इलान्ड रोड स्टेडियममा आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे । उनले खेलको ३५औं मिनेटमा मार्टिन ओडेगार्डको पासलाई पोस्टको दिशा दिएका थिए ।

६४ औं मिनेटमा प्याट्रिक बाम्फोर्ड पेनाल्टीमा चुक्दा लिड्सले खेललाई बराबरीमा ल्याउने अवसर गुमायो । उनको प्रहार बाहिरिएको थियो ।

यो जितसँगै १० खेलमा २७ अंक जोडेर आर्सनल शीर्ष स्थानमा कायम रहँदा पराजित लिड्स ९ खेलमा ११ अंकका साथ १५ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई १-० तथा चेल्सीले एस्टन भिल्लाई २-० ले पराजित गरेका छन् । त्यस्तै,म्यानचेस्टर युनाइटेड न्युकासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्