बार्सा च्याम्पियन्स लिगबाट बाहिरिने खतरा

होस्ट खबर २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

एजेन्सी : आफ्नो घरेलु मैदानमा इन्टर मिलानसँग बराबरीमा रोकिएपछि बार्सिलोना लागातार दोस्रो सिजन च्याम्पिन्यस लिगको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । बुधबार राति भएको रोमाञ्चक खेलमा बार्सा ३–३ को बराबरीमा रोकिएको हो ।

गत हप्ता सान सिरोमा पराजित बनेको बार्सिलोनाले समूह सीबाट नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न इन्टरविरुद्धको खेल जित्नै पर्ने दबाबमा थियो । खेलको ४० औँ मिनेटमा ओसमान डेम्बेलेले बार्सालाई अग्रता पनि दिलाए ।

तर, दोस्रो हाफमा निकोलो बारेला र लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अप्रत्यासित अग्रता दिलाए । ८२ औँ मिनेटमा रोबर्ट लोवान्डोस्कीले गोल गर्दै खेल बराबरी ल्याए । ८९ औँ मिनेटमा रोबिन गोसेन्सले पुनः इन्टरलाई अग्रता दिलाए । जीत तर्फ इन्टर अग्रसर बढिरहँदा लेवान्डोस्कीले इन्जुरी समयमा गोल गर्दै पुनः खेल बराबरी गरे ।

बार्सा आए यता लेवान्डोस्कीले १२ खेलमा १४ गोल गरिसकेका छन् । तर बराबरीपछि बार्सिलोना ४ अंकसहित समूहको तेस्रो स्थानमा सीमित बनेको छ । भिक्टोरिया प्लेजेनलाई हराउँदै समूहबाट बायर्न म्युनिख नकआउट चरणमा प्रवेश गरिसकेको छ भने इन्टर ७ अंकसहित दोस्रो स्थानमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्