मिलानमाथि चेल्सीको जित

होस्ट खबर २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

एजेन्सी : युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई पराजित गरेको छ । चेल्सीले १० खेलाडीमा समेटिएको घरेलु टोली मिलानमाथि २–० को सहज जित निकालेको हो ।

चेल्सीको जितमा जर्गिन्हो र पिएरे इमरिक औवामियाङले गोल गरे । मिलानोमा मंगलबार राति भएको खेलमा घरेलु टोली १८औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । पेनाल्टी बक्समा मासन माउन्टमाथि फउल गरेपछि रेफ्रीले फिकायो तोमारीलाई सिधै रातो कार्ड देखाउँदै चेल्सीलाई पेनाल्टी प्रदान गरे ।

त्यही पेनाल्टीमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । ३४औं मिनेटमा औवामियाङले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले मासन माउन्टको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो ।

यस जितसँगै समूह ‘ई’ मा चेल्सी ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित मिलानले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा ४ अंक जोडेर तेस्रोमा रहेको छ ।

यही समूहको अर्को खेलमा डिनामो जाग्रिव रेडबुल साल्जवर्गले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । साल्जवर्ग ६ अंक जोडेर दोस्रो स्थानमा तथा डिनामो जाग्रिव ४ अंक जोडेर पुछारमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array