एजेन्सी : युइएफए च्याम्पियन्स लिगमा समूह ‘एफ’ अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता रयिल मड्रिडले युक्रेनको शाख्तर डोनेक्ससँग १–१ को बराबरी खेलेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली शाख्तर अंक बाँड्न बाध्य बन्यो ।

पोलिस आर्मी स्टेडियममा निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४६ औं मिनेटमा ओलेक्सान्डर जुबकोभले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले बोडन माइहालीचेन्कोको पासलाई सदुपयोग गरे ।
अन्तिम समयमा सम्हालीन नसक्दा शाख्तरले गोल बेहोर्न पुग्यो । थप गरिएको समयमा एन्टोनियो रुडिगरले गोल गर्दै स्पेनिस टोली रियलको हार टारे । उनेल टोली क्रुसको पासलाइृ पोस्टको दिशा दिएका थिए ।
यो नतिजासँगै रियल ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा शाख्तरसमान खेलबाट ५ अंकका साथ तेस्रोमा छ । यही समूहको अर्को खेलमा जर्मन क्लब आरबी लाइप्जिगले स्कल्याण्डको सेल्टीकलाई २–० ले पराजित गरेको छ ।












प्रतिक्रिया दिनुहोस्