रोनाल्डोको ‘क्लब करियर’मा यो ७ सयौं गोल

होस्ट खबर २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

एजेन्सी : पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जीत निकालेको हो । आइतबार राति भएको खेलमा एभर्टनलाई २/१ गोलले पराजीत गर्दै युनाइटेडले लिगमा पाँचौ जीत निकालेको हो ।

गोडिसन पार्कमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन एन्टोनी र रोनाल्डोले समान एक/एक गोल गरे । एभर्टनको लागि एलेक्स इवोबीले एक गोल गरे । खेलको पाँचौ मिनेटमा इवोबीले गोल गर्दै एभर्टनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

१५ औं मिनेटमा मार्सियलको पासमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई १/१ गोलको बराबरीमा ल्याए । ४४ औं मिनेटमा केसेमिरोको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २/१ गोलको अग्रता दिलाए । रोनाल्डोले क्लब करियरमा यो ७ सयौं गोल हो ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड २(१ गोलले विजयी भयो । जीतसँगै युनाइटेड ८ खेलबाट १५ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजीत एभर्टन ९ खेलबाट १० अंकको साथ १२ औं स्थानमा रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array