नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

होस्ट खबर
होस्ट खबर २२ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं : नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३२ हजार १२१ जना डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्