कतार विश्वकप अन्तिम हुने मेसीको घोषणा

होस्ट खबर २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : फुटबलर लियोनल मेसीले कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। एक अन्तरवार्तामा उनले यस्तो बताएका हुन्।

‘यो विश्वकप तपाईंको अन्तिम विश्वकप हुनसक्छरु’ उनलाई प्रश्न गरिएको थियो। उत्तरमा उनले भने, ‘अवश्य, यो अन्तिम हुनेछ।’

३५ वर्षीय मेसी अर्को विश्वकपसम्म आइपुग्दा ३९ वर्षका हुनेछन्। अहिले आफूले शारीरिक रुपमा निकै राम्रो महशुस गरिरहेको उनले बताएका छन्।

उनले विश्वकप अगाडिदेखि नै आफ्नो सिजन राम्रो हुने अपेक्षा गरेका छन्। ‘पहिले यस्तो भएको थिएन। मैले चोटबाट अहिले मुक्ति पाएको छु। एकदमै राम्रो महशुस गरिरहेको छु। अब म विश्वकपका दिन गनिरहेको छु,’ उनले अन्तरवार्तामा भनेका छन्।

उनले आफूले नर्भसनेस महशुस गरिरहेको पनि बताइरहेका छन्। उनले भनेका छन्, ‘एकातर्फ पर्खाइ छ, अर्कातर्फ नर्भसनेस छ।’

अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनका लागि मेसीले हालसम्म ९० गोल गरेका छन्। लामो समय बार्सिलोनाका लागि खेलेका उनी अहिले पेरिस सेन्ट जर्मन ९पीएसजी०मा छन्। बार्सिलोनाका लागि उनले ४७४ गोल गरेका छन् भने पीएसजीका लागि ११ गोल गरेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्