काठमाडौँ : युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सीले सानदार जित निकालेका छन् । सिटी ५-० ले विजयी हुँदा चेल्सीले ३-० गोल अन्तरको जित निकाल्यो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
गएराती सम्पन्न खेलमा सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने रियाद महरेज, जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । त्यस्तै डाभीट खोचोलाभाले एक गोल आत्मघाती गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीले तिनै खेलमा जित हासिल गर्दै ३ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । कोपनहेगनको भने ३ खेलमा एक अंक छ र समूहमा पुछारमा छ ।
अर्को खेलमा चेल्सीले एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा वेस्ली फोफाना, पिएरे एमरिक आउबामेयांग र रीच जेम्सले एक एक गोल गरेका थिए ।
चेल्सीको यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित हो । ३ खेलमा चेल्सीले एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । एसी मिलानको पनि ३ खेलमा ४ अंक रहेको छ र गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।
यसै समूह अन्तर्गत अर्को खेलमा आरबी साल्जबर्गले डाइनामो जाग्रेबलाई १-० गोल अन्तरले पराजित गरेको छ । यो जितपछि आरबि साल्जबर्गको ३ खेलमा ५ अंक भएको छ भने डाइनामो जाग्रेबको ३ खेलमा ३ अंक रहेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्