च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित

होस्ट खबर १९ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

एजेन्सी : युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ । ऊ समूह ‘ए’ अन्तर्गतको खेलमा स्कटिस क्लब रेन्जर्स विरुद्व २–० ले विजयी भएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन ट्रेन्ट अलेक्जेन्डर(अर्नोल्ड र मोहम्मद सलाहले एकरएक गोल गरे । ​खेलको सातौं मिनेटमा अर्नोल्डको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो ।

५३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २–० को सहज जित दिलाए ।

जितसँगै ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित रेन्जर्स समान खेलबाट विना अंक पुछारमा छ । यही समूहको अर्को खेलमा इटालीको नापोलीले डच क्लब आयाक्सलाई ६–१ ले हरायो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्