प्रिमियर लिगः लेस्टरको पहिलो जित

होस्ट खबर १८ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ : इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले नटिङ्घम फरेस्टमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा लेस्टरले फरेस्टलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरको जितमा जेम्स म्याडिसनले दुई गोल गर्दा पास्टन डाका र हार्भी बार्नेसले एक/एक गोल गरे । लेस्टरले जारी सिजनको लिगमा पहिलो जित हात पारेको हो । लेस्टरले यसअघिका ७ मध्ये ६ खेलमा पराजय तथा एक खेलमा बराबरीको नतिजा निकालेको थियो ।

अर्कोतर्फ फरेस्टले पनि ८ मध्ये एक खेल जित्दा एक खेलमा बराबरी तथा ६ खेलमा पराजय भोगेको छ । गोलअन्तरको आधारमा भने लेस्टर १९ औँ तथा फरेस्ट २० औँ स्थान अर्थात पुछारमा रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्