बराबरीमा रोकियो रियल मड्रिड

होस्ट खबर १७ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

एजेन्सी : स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिड ओसासुनासँग १–१ गोल अन्तरको बराबरीमा रोकिएको छ।

आइतबार भएको खेलको ४२ औं मिनेटमा रियल मड्रिडका लागि भिनिसस जुनियरले गोल गर्दै रियलको लागि अग्रता दिलाएका थिए। तर, रियलले अन्तिम समयसम्म अग्रता बचाइराख्न सकेन। खेलको ५० औं मिनेटमा ओसासुनाको लागि किके गार्सियाले बराबरी गोल फर्काए।

खेलको ७८ औं मिनेटमा ओसासुना १० खेलाडीमा सीमित भए पनि रियलले त्यसको फाइदा उठाउन सकेन।

यससँगै लिगमा रियलको शत प्रतिशत जितको यात्रा टुङ्गिएको छ। लिगको दोस्रो स्थानमा रहेको रियलले सात खेलबाट १९ अंक हात पारेको छ। लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले पनि समान खेलबाट समान अंक हात पारेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array