काठमाडौं : अर्जेन्टिनी स्टार लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले निसलाई २-१ गोलले हरायो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
पीएसजीको जितमा मेस्सीले २९औं र एमबाप्पेले ८३औं मिनेटमा गोल गर्नुभयो । निसका गेटन लाबोर्डेले ४७औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो । लिगमा पीएसजीको यो लगातार सातौं जित हो ।
जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले नौ खेलबाट २५ अंक बनाएको छ । पराजित आठ अंकसहित १३औं स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको २३ अंक छ ।
शनिबार राति नै भएको अर्को खेलमा रेनर्सले १० खेलाडीमा समेटिएको स्टार्सबर्गलाई ३-१ गोलले पराजित गरेको छ । एजेन्सी
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्