सुदूरपश्चिम राजधानी कप: फाइनलमा कर्णाली र लुम्बिनी भिडदै

होस्ट खबर १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगितामा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई ४–३ गोलले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो ।

अब लुम्बिनीले उपाधिका लागि कर्णाली प्रदेशसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाइनल पुगिसकेको छ ।

पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array