सत्यमोहन जोशीलाई डेंगी, अस्पताल भर्ना

होस्ट खबर ८ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : पिसाब संक्रमण, छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना भएका गरिएको छ ।

विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले उनलाई ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो ।

जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी विभागका चिकित्सकले संयुक्त जाँच गरिरहेका छन् । हाल उनलाई डिलक्स क्याबिनमा राखेर चिकित्सकको सुक्ष्म निगरानीमा उपचार भइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array