खाली खुट्टै हिँडेर सुर्खेतबाट काठमाडौँ गइरहेका बोहरा

होस्ट खबर ३२ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

सुर्खेत : अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुर्खेतका नबराज बोहरा खाली खुट्टै पैदल काठमाडौँ गइरहेका छन् । गरिबी, शिक्षा अभाव, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै जेठ ४ गतेदेखि बालुवाटारसम्मको पैदल यात्रा गरिरहेको उनी आज २८औँ दिन धादिङ पुगेका छन् ।

अनियमितता, भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको समस्या बालुवाटार पु¥याउने भन्दै उनी जेष्ठ ४ गते सुर्खेतबाट हिँडेका थिए । बोहोराले खाली खुट्टा हिँडेर कर्णालीका समस्या बालुवाटार पुगेर प्रधानमन्त्रीसँग सुनाउने योजना बनाएका छन् । गर्मी मौसममा खाली खुट्टा हिँडेरै २८औँ दिन धादिङ पुगेका छन् ।

सुर्खेतमा सामाजिक विषयका मुद्दाहरू उठान गर्ने बोहोरा सडकमा छाडा छोडिएका गाईबस्तुहरूको संरक्षकका रुपमा समेत कहलिएका छन् । कर्णालीमा वातावरण प्रदूषणदेखि थुप्रो मुद्दामा उनले आवाज उठाउने गरेका छन् । लामो समयदेखि खाली खुट्टा हिँड्दा खुट्टामा समस्या आएपनि उनी निरन्तर हिँडिरहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्