उपाधिको लागि आज नेपाल र बंगलादेश भिड्दै

होस्ट खबर ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्यामपियनसिपको उपाधिको लागि आज आयोजक नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ बजे शूरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका मुख्य प्रशिक्षक र कप्तानले उपाधि जीत्ने दाबी गरेका थिए । यसअघिपनि फाइनल खेलेपनि दुवै टोलीले उपाधि जीत्न सकेका छैनन् । यसअघिका पाँचै संस्करण जितेको भारत सेमिफाइनलबाटै घर फर्किएसँगै साफले नयाँ च्याम्पियन पाउने पक्का छ ।

नेपाल घरेलु दर्शकमाझ पहिलोपटक साफको उपाधि जित्ने लक्ष्यमा रहेको छ । यसअघि चारपटक फाइनल खेलपनि भारतसँग पराजीत हुँदै उपविजेतामा चित्त बुझाउँदै आएको नेपाल यसपटक कुनै गल्ती गर्न चाहन्न । नेपाल आज घरेलु मैदानमा महिला फूटबलको ३६ वर्षीय इतिहासमा पहिलो उपाधि उचाल्न चाहन्छ । यसअघि विराटनगरमा भएको पाँचौ संस्करणमापनि नेपाल भारतसँग फाइनलमा पराजित हुँदै उपाधिबाट टाढा बनेको थियो । त्यसैले नेपाल साफको फाइनलमा यसअघि भोगेका तिता हारलाई बिर्सिंदै पहिलोपटक उपाधि उचाल्न चाहन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्