समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार, आज बन्द सूची बुझाउने तयारी

होस्ट खबर ३ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची राजनीतिक दलले टुंगो लगाएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन कार्यक्रम सार्वजनिक गरेअनुसार राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहित साना दलले समेत समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएका हुन् ।

प्रदेश, जिल्ला, क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि आवश्यकताभन्दा बढीको नाम सिफारिस भएपछि टुंगो लगाउन उनीहरूलाई सकस परेको थियो । राजनीतिक दलको पछिल्लो हप्तादेखि जारी बैठकले अन्तिम नामावली टुंगो लगाउँदै आज निर्वाचन आयोगमा बन्द सूची बुझाउने तयारी गरेका छन् ।

प्रमुख राजनीतिक दलले प्रदेश, जिल्ला, क्षेत्रबाट सिफारिस भएका हजारौंको नाम काँटछाट गर्दै अन्तिम नामावली टुंगो लगाएका हुन् । आवश्यकताभन्दा बढी नाम सिफारिस भएकाले राजनीतिक दलले आइतबार नामावली बुझाउन नसकेका हुन् । उनीहरूले सोमबार आयोगको कार्यालयमा बन्द सूची बुझाउने जनाएका छन् ।

एमालेले समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको एमालेका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

एमालेले समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाए पनि माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्रमा उम्मेदवार हुनेको संख्या बढी भएकाले टुंगो लगाउन कार्यदल गठन गरेको छ ।

यता एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालका अनुसार आइतबार बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।

जसपाले पनि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाउने भएको छ । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले बताए । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array