च्याम्पियन्स लिगमा पिएसजीको सहज जित

होस्ट खबर ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

एजेन्सी : च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नित हात पारेको छ । पिएसजीले समूह ‘एच’ अन्तर्गतको खेलमा इजरायलको माकाबी हाइफालाई उसैको मैदानमा ३–१ ले हराउँदै जित निकालेको हो ।

सामी ओफेर स्टेडियममा खेलको सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको २४ औं मिनेटमा जोरान चेरीले माकाबीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा लियोनल मेस्सीले पिएसजीलाई १–१ को बराबरीमा ल्याए ।

६९ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पाहुना टोलीलाई २–१ ले अघि बढाए । ८८ औं मिनेटमा नेयमारले गोल गरेपछि पिएजीले ३–१ को सहज जित निकाल्यो ।

जितसँगै दुई खेलमा ६ अंक जोडेको पिएसजी शीर्ष स्थानमा रहँदा पराजित माकाबी समान खेलबाट विना अंक पुछारमा छ । यही समुहको अर्को खेलमा इटालियन क्लब युभेन्टसले पोचुर्गिच क्लब बेन्फिकासँग २–१ को हार बेहोरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array