नेपाल साफ च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश

होस्ट खबर २८ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह बी को विजेता बन्दै छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गाशाला मैदानमा भएको खेलमा नेपालले श्रीलङ्कालाई आधा दर्जन गोल वर्षाउँदै प्रतियोगितामा समूह बी को विजेता बन्न सफल भयो । नेपालसँग ६–० गोलअन्तरले पराजित भएको श्रीलङ्का भने प्रतियोताबाट बाहिरिएको छ । श्रीलङ्का पहिलो खेलमा भुटानसँग पराजित भएको थियो ।

समूह बीमा नेपालसहित भुटान र श्रीलङ्का छन् । समूह बी बाट नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने भुटान समूहको उपविजेता बन्दै सेमिफाइनमा पुग्यो । नेपालको जितमा अमिशा कार्कीले दुई गोल गर्दा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी, र दिपा शाहीले समान एक एक गोल गरे ।

खेलको सुरुआती अग्रता भने रश्मीकुमारीले लिइन् । उनले खेलको १०औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । उनले हिराकुमारी भुजेलको क्रस बललाई हेडरमार्फत गोल गरिन् । उनले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै नेपालकी अर्की खेलाडी सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले अमृता जैसीको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।

यसैगरी खेलको १७औं मिनेटमा अमृताले गोल गर्दै नेपालको अग्रता तेब्बर बनाइन् । उनले अनिता बस्नेतको कर्नर बललाई हेडमार्फत गोल गर्दै नेपाललाई ३–० गोलअन्तरले अगाडि बढाइन् ।

खेलको पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा नेपाली अर्की खेलाडी दिपा शाहीले गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् । यसै साफ च्याम्पियनसिपबाट दिपाले डेब्यु गरेकी हुन् ।

खेलको पहिलो हाफमा ४-० गोलअन्तरले अगाडि रहेको नेपालले दोस्रो हापमा थप दुई गोल गर्‍यो । दुवै गोल अमिशा कार्कीले गरिन् । उनले खेलको ७६ र दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गरिन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array