आज नेपाल श्रीलंकासँग खेल्दै

होस्ट खबर २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।

नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गरेको थियो । समूह चरणको लयलाई कायम राख्दै फाइनल पुग्ने योजनामा नेपाल छ ।

नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई हराउदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् । यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

उता समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो भने बंगलादेशसँग ५-१ ले पराजित भएको थियो ।

आजै बंगलादेश र भारतबी अर्को सेमिफाइनल खेल पनि हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्