पाकिस्तानलाई हराउँदै एशियाकपको उपाधी श्रीलंकाको हातमा

होस्ट खबर २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

एजेन्सी : श्रीलंकाले छैटौं पटक एशियाकपको उपाधी हात पारेको छ । गएराती सम्पन्न एशिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै सन् २०१४ पछि एशियाकपको फाइनल उपाधी हात पारेको हो ।

यसअघि श्रीलंकाले भारतलाई पराजित गर्दै फाइनलसम्म आइपुगेको थियो । दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

५८ रनमा पाँच विकेटको खराब स्थितिलाई श्रीलंकाका छैटौं विकेटका लागि भानुका राजपक्ष र हसरङ्गाले ३६ बलमा ५८ रनको साझेदारी गर्दै खेलमा पुनरागमन गरेका थिए । भानुका राजपक्षले ४५ बलमा ७१ रनको अविजित पारी खेल्दै श्रीलंकालाई सम्मानजनक योगफल बनाएका थिए ।

१७१ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा १४७ रन बनाउँदै अलआउट भएपछि एशियाकपको उपाधी श्रीलंकाको हातमा गएको हो । श्रीलंकाले पहिलोपटक एशियाकपको उपाधी सन १९८६ मा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै हात पारेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array