मेस्सीको उत्कृष्ट पासमा नेयमारको गोल

होस्ट खबर २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : स्टार खेलाडी लियोनल मेस्सीको सहयोग र अर्का स्टार नेयमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति ब्रेस्टलाई १–० ले पराजित गरेको छ ।

ब्राजिलियन स्टार खेलाडी नेयमारले मेस्सीले निकालेको उत्कृष्ट पासमा खेलको ३०औं मिनेट गोल गरेका थिए । जारी लिगमा नेयमारको यो सातौ खेलमा आठौं गोल हो । यता, मेस्सीले ७ खेलमा ७ असिस्ट र ३ गोल गरेका छन् ।

जितसँगै पिएसजी ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थान छ । पराजित ब्रेस्ट ५ अंक जोडेर १७औं स्थानमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array