यू-२० एसियन कप छनोट: नेपालले आज भुटानसँग खेल्दै

होस्ट खबर २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ। बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ।

नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताए। प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेकोसमेत बताए।

नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्। यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ। नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array