बार्सिलोनाले ५–१ अन्तरले भोक्टिरियलाई पराजित

होस्ट खबर २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई ५–१ अन्तरले पराजित गरेको छ ।

नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसले एक एक गोल गरे ।

प्लेजनका जान सिकोराले एक गोल गरे । जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलान २0 को जित निकाल्यो । बायर्नको जितमा साने र डानिलोले एक एक गोल गरे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array