देशभर फैलियो डेंगु, तीन जनाको मृत्यु

होस्ट खबर २२ भाद्र २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं : देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ ।

महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयका अधिकारीले भने ‘ठोस तथ्यांक’ अझै आइनसकेको बताएका छन् ।

हालसम्म बाग्मती, लुम्बिनी र प्रदेश १ मा डेंगु संक्रमण सबैभन्दा बढी देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयले जोखिम, अति जोखिम गरी दुई भागमा विभाजन गरेर डेंगु नियन्त्रणका लागि साताव्यापी कार्यक्रम थालेका छौं,’ ठाकुरले भने, ‘तीमध्ये सबैभन्दा बढी ललितपुर, काठमाडौं, मकवानपुर र रूपन्देही छन् ।’

त्यस्तै, संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायत जिल्लामा डेंगु संक्रमण फैलिएको छ । योसँगै उपत्यकाका अस्पतालमा ज्वरोसहितका लक्षण भएका बिरामीको चाप बढेको छ ।

गएको बिहीबार मात्रै १० नगरपालिका प्रमुखसँग अन्तक्र्रिया गरेर नियन्त्रण उपाय विषयमा छलफल गरिएको डा. ठाकुरले बताए । उनका अनुसार डेंगु नियन्त्रणका लागि स्थानीय तहमा २ करोड ३५ लाख विनियोजन गरिएको छ ।

बिहीबारबाट उपत्यकाका तीनै जिल्लामा डेंगु नियन्त्रण अभियानअन्तर्गत घरघर गएर सचेतना अपनाउने र पानी जम्ने ठाउँ सरसफाइ र खाल्टो पुर्ने कार्य अघि बढाउन लागिएको छ ।

महाशाखाका अनुसार बाग्मती प्रदेशमा मात्रै ४ हजार ६ सय ४७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ९ सय ४ र प्रदेश १ मा २ सय ४८ जनामा संक्रमण देखिएको छ । यसमा पनि गत पुसदेखि २१ भदौसम्मको तथ्यांक हेर्दा ललितपुरमा २ हजार २ सय ६३ जना, काठमाडौंमा १ हजार २ सय २९ र मकवानपुरमा ६ सय ४१, रूपन्देहीमा ५ सय २१ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, भक्तपुरमा १ सय २६, धादिङमा १ सय १७, तेह्रथुममा १००, सिन्धुलीमा ७०, काभ्रेपलान्चोकमा ६८ र गुल्मीमा ६७ जनामा डेंगु संक्रमण देखिएको छ ।

नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । यसपछि बर्सेनी डेंगुका केस देखिँदै आएको छ । यसपछि सन् २००६ मा ३२ वटा केस देखिएको थियो भने २००७ मा २७, सन् २००८ मा १० जनामा संक्रमण देखिएको छ । राजधानीबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array