महिला साफ च्याम्पियनसीप: भुटानसँग नेपाल ४–० ले विजयी

होस्ट खबर २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलअन्तर्गत उद्घाटन खेलमा नेपालले शानदार जित निकालेको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । उनले खेलको १२औं मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन् । वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो ।

मध्यान्तरपछिको खेलमा नेपालले थप तीन गोल गरेको हो । मध्यान्तरपछि सावित्रा भण्डारीले एक तथा अनिता बस्नेतले दुई गोल गरेकी हुन् । भण्डारीले खेलको ६८औं मिनेटमा तथा बस्नेतले खेलको ७३औं र ८४औं मिनेटमा गोल गरेकी हुन् ।

साफ च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलंका र भुटान छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array