देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिँदै

होस्ट खबर १९ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं : कोभिड – १९ घटेर जनजिवन सामान्य हुन नपाउदै देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिदै गइरहेको छ । । यसै रोगका कारण कैलालीमा एक जना महिलाको ज्यान समेत गएको छ । विगत बर्षको दाजोमा यो बर्ष डेंगुको संक्रमण धेरै गुणा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड – १९ सँग मिल्दोजुल्दो लक्षण देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परिक्षणका लागि आएका बिरामीमा डेंगु प्रमाणित हुने क्रम बढ्दो रहेको र अस्पतालमा जटिल अवस्थामा पुगेका बिरामीलाई संघन उपचार कक्षमै राख्नुपर्ने अवस्था रहेको र संघन उपचार कक्षको अभाव बढ्दै गएको अस्पतालले जनाएको छ ।

यो साता मात्रै टेकु अस्पतालमा डेंगु संक्रमित बिरामी २ सय ९५ जना भर्ना भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ को जनवरी देखि शुक्रवारसम्म ७२ जिल्लामा फैलिएको डेंगु भाईरसका कारण २ हजार ८ सय २७ जना बिरामी परेका छन् ।उपत्यकामा ललितपुरमा अत्याधिक मात्रामा संक्रमितहरु देखिएको छ भने काठमाडौ, धादिङ, रुपन्देहीमा पनि संक्रमण बढ्दो क्रममा रहेको छ ।

सतर्कता नअपनाएमा डेंगुले भयानक रुप लिइ धेरैको ज्यान जान सक्ने विशेषज्ञहरुको भनाइ रहेको छ । डेंगु एडिस लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । यतिबेला एडिस नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको स्वास्थ्य विज्ञहरुको भनाईछ ।

कोभिड र लकडाउनले देश बिदेशका विभिन्न क्षेत्रको यात्रा स्थगित गरेका मानिसहरु यतिबेला आफ्नो कार्यक्रमलाई निरन्तरता दिईरहेको अवस्थामा डेंगुको संक्रमण बढेको र मानिसको आवत जावतले अझ डेंगो बडाउन मद्धत गरिरहेको अवस्थामा लामखुट्टे नष्ट गर्ने तर्फ नेपाल सरकार, स्थानिय निकायको ध्यान पुग्नुपर्ने विज्ञहरुको ठम्याईछ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array