लेस्चरलाई १-० गोलले पराजित गर्दै युनाइटेड विजयी

होस्ट खबर १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

एजेन्सी : विंगर जेडन सान्चोको गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जीत निकालेको छ । बिहीबार राति भएको खेलमा लेस्चर सिटीलाई १-० गोलले पराजित गर्दै युनाइटेडले लिगमा लगातार तेस्रो जीत निकालेको छ ।

किंग पावर स्टेडियममा भएको खेलको २३ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा सान्चोले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड १-० गोलले विजयी भयो ।

जीतसँगै युनाइटेड ५ खेलबाट ९ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लेस्चर १ अंकको साथ पुछारमा रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्