ह्याम्पटनसँग चेल्सीको दोस्रो हार

होस्ट खबर १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : साउथ ह्याम्पटनसँग मंगलबार राति २–१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दोस्रो हार व्यहोरेको छ

घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए ।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २–१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १९१ गोलको बराबरी खेले ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array