फ्रान्सको ११० किमि अल्ट्रा म्याराथनमा जुम्लाकी सुनमाया

होस्ट खबर १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : फ्रान्समा भएको एक सय किलोमिटर लामो अल्ट्रा म्याराथनमा सुनमाया बुढा दोस्रो भएकी छन्। प्रतिष्ठित अल्ट्रा ट्रेल दु मोन्ट ब्लांक (यूटीएमबी) मा उनी फ्रान्सेली धाविका ब्लेन्डिन हिरन्डेलसँग केही मिनेटले मात्र पछि परेकी थिइन्।

सुनमायाले ११ घण्टा ४५ मिनेटमा सो दुरी पार गरेकी थिइन्।दौडमा अमेरिकाकी एबी हल तेस्रो भइन्। जुम्लाकी सुनमायाले यसअघि थाइल्यान्ड बाई युटीएमबी वर्ल्ड सिरिज २०२१ जितेकी थिइन्।​

धाविका मीरा राईलाई पछि पार्दै सुनमायाले थाइल्यान्डमा १ सय १० किलोमिटरको अल्ट्रा दौड जितेकी थिइन्। सो दौड सुनमायाले १४ घण्टा ५४ मिनेट १ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी थिइन्।

परिवारमा ७ दिदिबहिनी र १ दाजुमध्येकी चौथी सन्तान हुन् सुनमाया। आफूलाई गरिबीका कारण विद्यालय जान पनि गाह्रो भएको उनले बताएकी थिइनर्थफेस कम्पनीले सुनमायालाई प्रायोजन गरिरहेको छ। नर्थफेसले नै उनको प्रशिक्षणको व्यवस्था पनि गरिदिएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्