सुर्खेतमा २ लाख ४७ हजार ७४० मतदाता, क्षेत्र नम्वर २ मा १ लाख २४ हजार बढि

होस्ट खबर १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाबाट २ लाख ४७ हजार ७४० मतदाता कायम भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले १ नम्बर क्षेत्रमा १ लाख २३ हजार ७५ तथा २ नम्बरमा १ लाख २४ हजार ६६५ मतदाता रहेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन तयारीका काम शुरू भइसकेको बताए ।

उनका अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ । भदौ १३–१५ गतेसम्म प्रकाशित मतदाता नामावलीउपर दाबी–विरोध, भदौ १३–१७ गतेसम्म उजुरीउपर मतदातालाई प्रमाणसहित सफाइका लागि समय तोकिएको छ । मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि भदौ १३–१६ गते, भदौ १३–१७ गतेसम्म मृत्यु भएका मतदाताको जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समय तोकिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array