कालीकोटमा ‘दोस्रो कर्णाली गोल्ड कप’ हुँदै

होस्ट खबर ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : कालीकोटमा कर्णाली  प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ। स्थानीय लिगांसैनी युथ क्लबको आयोजनामा दोस्रो कर्णाली गोल्ड कपअन्तर्गत प्रदेशस्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको हो।

यही भदौ १० गतेदेखि प्रतियोगिता सुरू हुने आयोजक लिंगासैनी युथ क्लबका अध्यक्ष हिक्मतजंग मल्लले बताए। ‘खेलकुद, पर्यटन, संस्कृति विकासका लागि, विकास समाजका लागि’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूको समूह दर्ता सुरू भइसकेको छ। कालीकोटको जिल्ला समन्वय समितिको खुला मञ्चमा प्रतियोगिता हुँदैछ।

प्रतियोगितामा प्रथम हुने समूहलाई २ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार तोकिएको छ। दोस्रो हुने समूहलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार तोकिएको छ। यसका साथै खेलाडीलाई ट्रफी र मेडल पनि प्रदान गरिने क्लबका अध्यक्ष मल्लले जानकारी दिए।

यस्तै, आयोजक समूहबाट खेल्ने खेलाडीलाई दैनिक पारिश्रमिकको घोषणा गरिएको छ। आयोजकका अनुसार स्पाइकलाई दैनिक ३ हजार तथा मिडफिल्डर र डिफेन्डरलाई दैनिक २ हजार ५०० रुपैयाँ पारिश्रमिक तोकिएको छ।

भदौ १३ गतेसम्म चल्ने प्रतियोगिता कर्णालीका १० वटै जिल्लाका खेलकुद क्लब तथा स्थानीय तहले सहभागिता जनाउन पाउने छन्। खेलाडीहरू कर्णाली प्रदेशभित्रकै हुनुपर्ने शर्त राखिएको छ।

आयोजक क्लबले यसअघि २०७६ सालमा प्रथम कर्णाली गोल्डकप कालीकोटमै सञ्चालन गरेको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array