ला लिगामा ओसासुनाको विजयी सुरुआत

होस्ट खबर २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

एजेन्सी : स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरु भएको छ। गएराति भएको उद्घाटन खेलमा ओसासुना र सेभिल्लाबीच प्रतिस्पर्धा भएको थियो।

उद्घाटन खेलमा ओसासुनाले विजयी सुरुवात गरेको छ। ओसासुनाले सेभिल्लामाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो। जीतसँगै ओसासुनाले महत्वपूर्ण ३ अंक जोडेको छ।

घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे। सेभियाका राफा मिरले सान्त्वना गोल फर्काए।

घरेलु टोलीका लागि नवौं मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। १ गोलले पछि परेको पाहुना टोली सेभिल्लाले ११ औं मिनेटमा बराबरी गोल गरेको थियो। राफा मिरले गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो। पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा ७४ औं मिनेटमा पुग्दा ओसासुनाले पेनाल्टीमा गोल गर्दै पुनः २–१ को अग्रता लिन पुग्यो।

उसका लागि एइमज ओरोजले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्न पुग्यो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array