एजेन्सी : कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ । आगामी नोभेम्बरवाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । जसले गर्दा पनि उदघाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको
विश्वकपको पहिलो उदघाटन खेल हुने तय भएको थियो ।
आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन अर्थात उदघाटनको दिनमा सारेपछि अब नोभेम्बर २१ मा भने तीन खेल मात्र हुनेछन । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।
उदघाटन खेल आयोजक राष्ट्रलाई दिनु पर्ने सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि केही दिन अघिवाट गृहकार्य सुरु गरेको थियो । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले त्यो बेला जनाएको थियो ।
सो प्रस्ताव निर्णयार्थ प्रस्तुत भई पारित भएसँगै उद्घाटन खेलमा अब आयोजक राष्ट्र कतारले इक्वेडरको सामना गर्नेछ। सो, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनिवार्य रुपमा अनुमोदन गराउनु पर्ने नियम छ । जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्ने नियम पनि रहेको छ । जसअनुसार सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गरेका थिए, सो मतदानसँगै बिहिवार अबेर पारित गरिएको थियो ।
कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्