साउनदेखि हालसम्म कोरोनाबाट ३० जनाको मृत्यु

होस्ट खबर २७ श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो ।

साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभरबाट ४ हजार ५ सय ३४ नमुना परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ४ सय ११ र एन्टिजेनबाट २ हजार १ सय २३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४ सय ६५ र एन्टिजेनबाट ३ सय ५० नमुना रिपोर्ट पोजिटिभ आएको हो ।

हाल, कोरोना सक्रिय संक्रमित संख्या ५ हजार ८ सय ६९ पुगेको छ । पछिल्लो समय संक्रमण दर वृद्धि हुँदै जानुका साथै मृत्युदरसमेत बढ्दै जान थालेको छ । संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साता थप जोखिमपूर्ण हुन सक्ने भएकाले स्वास्थ्य मापदण्ड र सावधानी अपनाउन विज्ञले सुझाएका छन् ।

नेपालमा हालसम्म ११ हजार ९ सय ८२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेर समूहका छन् । ६० देखि ६९ वर्षका २ हजार ५ सय ११, ७० देखि ७९ वर्षका २ हजार ३ सय ९३, ५० देखि ५९ का २ हजार ३ सय ५, ४० देखि ४९ का १ हजार ६ सय ६६, ८० वर्षमाथिका १ हजार ६ सय ४०, ३० देखि ३९ वर्षका ९ सय ६५, २०–२ ९ वर्षका ३ सय ८१, १०–१९ वर्षका ५७, नौ वर्षमुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल, नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले खोप नलगाएको भेटिएको छ । खोप नलगाएकोमा गम्भीर संक्रमणसमेत देखिएको छ । संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्