७७ स्वास्थ्य क्षेत्रमा लैङ्गिक विभेद

होस्ट खबर २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : कृपानामक संस्थाले सरकारी, राष्ट्रिय तथा गैरसरकारी संस्था गरी ७७ वटा निकायमा गरेको अध्ययनले लैङ्गिक विभेदको अवस्थाकायम रहेको देखाएको छ । अध्ययन प्रतिवेदन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार एक कार्यक्रमकाबीच सार्वजनिक गरे ।

‘आमाको नाममा नागरिकता दिन प्रमुख जिल्लाअधिकारीलाई केले रोक्छ मलाई थाहा छैन, तर पनि विभेद गर्दा नै उनीहरूलाई आनन्द आउँछ ।

जताततै विभेद छ’ मन्त्री रेग्मीले स्वीकार गरे– ९५ प्रतिशत घरहरूमा महिला हिंसा खेप्नु परेको छ । सरकारले मात्र नियन्त्रण गर्न सम्भव छैन । असमानताको जरो घरभित्रै छ सुधार घरबाटै हुनुपर्छ । ऐनकानून, नियम बनाएर दोषीलाई जेलमा हालेर मात्र समानता सम्भव छैन ।

प्रतिवेदनमा नेपालमा कार्यरत संस्थाहरूको नीति तथा कार्यक्रममा लैङ्गिक समानताको पाटो कमजोर भएको उल्लेख गरिएकोछ । संविधानले निजामती सेवामा महिलाको नियुक्ति वृद्धि गर्ने प्रतिबद्धता जनाएको भए तापनि ती निकायहरूमा पुरुष नेतृत्वकै वर्चस्व रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array