गाम्पर ट्रफीको विजेता बार्सिलोना

होस्ट खबर २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : स्पानिस क्लब बार्सिलोनाले मेक्सिकन क्लब पुमास उनामलाई ६-० ले हराएर जोन गाम्पर ट्रफीको उपाधि जितेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा यसै समरमा अनुबन्ध भएका रोबर्ट लेवान्डोस्कीले पनि एक गोल गरे ।

यस्तै पेड्रीले दुई गोल गर्दा उसमान डेम्बेले, पिएरे एमरिक औबामेयाङ र फ्रेन्की डे जोङले एक-एक गोल गरे । म्यानचेष्टर युनाइटेड जाने चर्चा भइरहेको फ्रेन्कीलाई क्लबमै राख्न चाहेको प्रशिक्षक जाभी र अध्यक्ष जोन लापोर्टाले बताएका छन् ।

बार्सिलोनाले आफ्ना पूर्वखेलाडी डानी अल्भसलाई समेत सम्मान गरेको थियो । अल्भ्स हाल पुमासमा अनुबन्ध छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्