नेपाल फाइनलमा पुग्नबाट रोक्कियो

होस्ट खबर १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : नेपाल यु-२० साफ फुटबल प्रतियोगिताको फाइनलमा पुग्नबाट रोक्किएको छ । बङ्गलादेशसँग १-१ को बराबरी खेलेको नेपाल अंक तालिकामा तेस्रो स्थानमा पुगेपछि फाइनलमा जानबाट रोक्किएको हो ।

नेपाल बराबरीमा रोक्किएपनि मालदिभ्सले भारतमाथि जीत हासिल गरेको भए फाइनलमा पुग्थ्यो । तर, ९० मिनेटमा गोल गर्दै भारतले मालदिभ्सलाई पराजित गरी बङ्गलादेशसँगको फाइनल निश्चित गरेको हो ।

यसअघि नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएपछि दबाबमा परेको थियो । बङ्गलादेशमाथि ५ गोल अन्तरको जीत निकाल्नुपर्ने दबाबमा आज खेल्दा १-१ को बराबरी भयो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array